
काठमाडौं, ८ असोज । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिवालय बैठकले गरेका निर्णय कार्यान्वयन गर्ने र मन्त्रिपरिषद् पुनर्गठन गर्नेलगायत विषयमा छलफल भएको बताइएको छ ।
मंगलबार बसेको सचिवालय बैठकले १० दिनभित्र सांगठनिक एकताको प्रस्ताव पेश गर्न दुई अध्यक्ष र महासचिवलाई जिम्मेवारी दिएको थियो ।















प्रतिक्रिया