३१ आश्विन २०८३, शनिबार

ललितपुरको भट्टेडाँडामा पहिरो, गम्भीर घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

ललितपुर, ८ असोज । ललितपुर बागमती गाउँपालिका–३ भट्टेडाँडास्थित कान्ति लोकपथमा पहिरो जाँदा २ वटा टिपर र एउटा मोटरसाइकल पुरिएका छन् ।

पहिरोमा परी ५ जना घाइते भएका छन् । बुधबार साँझ पहिरो गए पनि बिहीबार बिहानमात्र उद्धारमा प्रहरी पुगेको छ । घाइते पाँचै जनाको स्थानीय स्वास्थ्यकर्मीले उपचार गरिरहेका छन् ।

उनीहरूलाई थप उपचारका लागि कतै पनि लैजान नसकिएकाले काठमाडौंबाट हेलिकोप्टर लैजान लागिएको महानगरीय प्रहरी वृत्त चापागाउँले बताएको छ । घाइतेमध्येका एक जनाको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भएको हो । उक्त ठाउँमा गाडी जान सक्ने अवस्था छैन ।