
बझाङ, ८ असोज । बझाङको मष्टा गाउँपालिकामा लुटपाट र बलात्कारपछि १२ वर्षकी बालिकाको हत्या भएको छ ।
पशुचौपाया बाँध्न सिमछानामा गएकी बालिका हिजो अबेरसम्म घर नआएपछि खोजी गर्दै जाँदा गाउँभन्दा करीब २ किलोमिटर टाढा सिममन्दिरमा शव फेला परेको हो ।
बालिकाका बुबाआमा भने रोजगारीका लागि भारतमा छन् । प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।















प्रतिक्रिया