
काठमाडौं, ८ असोज । नेपाली बजारमा सुनचाँदीको मूल्य आज बिहीबारपनि घटेको छ ।
बिहीबार तोलामा १ हजार २०० रुपैयाँ घटेर सुनको मूल्य तोलाको ९३ हजार १०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बुधबार पनि सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ नै घटेर तोलाको ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
केही दिनयता नाफा सुरक्षित गर्नका लागि अन्तर्राष्ट्रिय बजारमा सुन विक्रीमा आएपछि मूल्य घट्दै गएको महासङ्घले बताएको छ ।
यस्तै चाँदीमूल्य पनि बिहीबार तोलामा ७० रुपैयाँले घटेर प्रतितोला १ हजार १२० रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया