३१ आश्विन २०८३, शनिबार

स्याङ्जाको पहिरोबाट १ जनाको जिवितै उद्धार, ८ जनाको शव निकालियो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा, ८ असोज । स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा ८ जनाको मृत्यु भएको छ भने १ जनाको जिवितै उद्धार गरिएको छ ।

वालिङ नगरपालिका र कालिगण्डकी गाउँपालिकामा पहिरोको कारण ८ जनाको मृत्यु भएको स्याङ्जाका प्रहरीले बताएको छ । गए राति २ बजे कालिगण्डकी–४ गोतामेडाँडामा खसेको पहिरोले दुईवटा घर पुरेको हो ।

गोतामेडाँडामा पहिरोले पुरेर १६ वर्षीय विष्णुबहादुर दमाईको मृत्यु भएको छ । प्रहरीले उनको शव निकालेको छ ।

यस्तै वालिङ नगरपालिका–१४ स्थित तमादीडाँडामा बिहान साढे ५ बजे खसेको पहिरोले माया नेपालीको घरमा बसेका २ जनालाई पुरेको छ । उनको घरबाट ७ जनाको शव निकालिएको प्रहरीले बताएको छ ।

सोही घरबाट अर्का १ जनालाई जिवितै उद्धार गरेको प्रहरीको भनाइ छ । उनैको घरमा पुरिएका थप दुई जनाको उद्धार कार्य भइरहेको बताइएको छ ।

जिवितै उद्धार गरिएकी वर्ष १६ की मनिषा नेपालीलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखराको लागि रिफर गरिएको छ । मृत्यु हुनेमा हालसम्म सनाखत भएका उमाकला नेपाली, माया नेपाली, दिपक नेपाली, सानी नेपाली र विवश नेपाली छन् ।