३१ आश्विन २०८३, शनिबार

१६ वर्षीय दाजुद्वारा ८ वर्षीया बहिनी बलात्कृत, प्रहरीले २ जनालाई पक्रियो

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ६ असोज । ओखलढुंगाका एक १६ वर्षीय किशोरले आफ्नै ८ वर्षीयाा बहिनीलाई बलात्कार गरेका छन् ।

बलात्कार आरोपमा काठमाडौं महानगरपालिका–३१ शान्तिनगर जागृतिनगर बस्ने ती किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वेरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको बताइएको छ ।

यसैबीच ओखलढुंगामा ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको चिशंखुगढी गाउँपालिका–६ राना टोल बस्ने ५२ वर्षीय डिक बहादुर राना मगरलाई पनि सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई आइतबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी निशंखेबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको बताएको छ ।