३१ आश्विन २०८३, शनिबार

बौद्ध तीचुलीबाट ४ जना रक्तचन्दन कारोबारी पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । रक्तचन्दनको कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका–६ बौद्ध तीनचुलीबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नुवाकोट किस्पाङ गाउँपालिका–५ ठण्डापानी घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध तीनचुली बस्ने २८ वर्षीय ओम बहादुर तामाङ, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, काभ्रे तिमाल गाउँपालिका–८ घर भई ललितपुरको पाटनमा बस्ने २९ वर्षीय कर्नेस तामाङ र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–६ घर भई बौद्ध तीनचुली बस्ने ४२ वर्षीय लाक्पा लामालाई आइतबार पक्राउ गरेको प्रहरीले बताएको छ ।

अवैध रुपमा रक्तचन्दनको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले बौद्ध तीनचुलीस्थित डमरु फर्निचर कारखानाभित्र रहेको सुनिल तामाङको कोठामा विक्री गर्ने उद्देश्यले राखेको २१ केजी रक्तचन्दन जस्तो देखिने करिब १ लाख ८६ हजार १५० रुपैयाँ मूल्य बराबरको दुई वटा मुढा बरामद गरेको बताएको छ ।

उक्त रक्तचन्दन आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको महाशाखाले बताएको छ ।