
सुनसरी, ६ असोज । सुनसरीमा मंगलबार ६८ जना कोरोना संक्रमित थपिएका छन् ।
२ जना ट्राफिक प्रहरीसहित ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । धरान उपमहानगर क्षेत्रमा ३३ जना, इटहरी उपमहानगर क्षेत्रमा १८ जना र दुहवी नगरपालिका क्षेत्रमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट सुनसरीमा हालसम्म १० जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म १ हजार ५३१ जना संक्रमित पुष्टि भएका छन् भने ८७७ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।















प्रतिक्रिया