
काठमाडौं, ६ असोज । जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले बेवास्ता गरेका कारण चाडवाडको मुखमा व्यवसायीहरु हारगुहार गर्दै यत्रतत्र कुदिरहेको बताएका छन् ।
व्यवसायीको समस्यामा सरकार गम्भीर नभएको भन्दै उनले मंगलबार सरकारप्रति कटाक्ष गर्दै ट्विटरमा लेखेका छन्, ‘छिमेकी चीनबाट आयात हुन लागेका बीस अर्ब बढी मूल्यका सामान सहितका कन्टेनर ६ महिना बढी समयदेखि सीमानामा अलपत्र भएर बसेकाले नेपाली व्यवसायीहरूलाई आसन्न चाडबाडको मुखमा ठूलो असुविधा र नोक्सान भैरहेको छ ।’
आफूले आवश्यक सामानहरु ल्याउन नपाउँदा व्यवसायीहरुलाई समस्या परिरहँदा पनि सरकारले उनीहरुको समस्या बुझ्न नसकेको भन्दै उनले लेखेका छन्, ‘व्यवसायीहरू हारगुहार गर्दै यत्रतत्र कुदिरहेछन् ! सरकार किन कानमा तेल हालेर बसेको हो ?’
चीनसँगको मुख्य व्यापारिक नाका तातोपानी र रसुवागढी हाल बन्द अवस्थामा छन् । रसुवागढी भन्सारका एक नेपाली मजदुरलाई कोरोना संक्रमण देखिएपछि चीनले नाका बन्द गरेको हो भने चीततर्फको एउटा हिमताल फट्ने जोखिम बढेकाले सिन्धुपाल्चोकस्थित तातोपानी नाका पनि चीनले नै बन्द गरेको छ ।















प्रतिक्रिया