
धरान, ५ असोज । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको इनरुवा–४ की ४९ वर्षीया र झापाको मेचीनगर–८ की ७२ वर्षीया वृद्धा छन् । प्रतिष्ठानका अनुसार ४९ वर्षीया महिलाको सोमबार बिहान र ७२ वर्षीया वृद्धाको आइतबार राति मृत्यु भएको हो ।
४९ वर्षीया महिला उच्च रक्तचाप, मधुमेह र मिर्गौलाको समस्याका कारण प्रतिष्ठानको मेडिसिन वार्डमा भदौ ३० गते भर्ना भएकी उनमा असोज १ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै झापाको मेचीनगरकी ७२ वर्षीया वृद्धा भने श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, शरीरमा कमजोरी र निमोनियाको लक्षण देखा परेर असोज ४ गते प्रतिष्ठानमा भर्ना भएकी थिइन् ।















प्रतिक्रिया