बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कीर्तिमानी पर्वतारोही शेर्पाको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

दैनिक नेपाल २०७७ असोज ५ गते १४:२९

काठमाडौं, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हिउँ चितुवा’ उपनामले चर्चित कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

शेर्पाको कीर्तिमानी सदास्मरणीय रहने भन्दै प्रधानमन्त्री ओलीले ट्विटरमार्फत उनको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

‘बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नु भएका आङरिता शेर्पाको निधनले अत्यन्त दुःखित तुल्याएको छ । यस दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुप्रति गहिरो समवेदना ब्यक्त गर्दछु । उहाँको कीर्तिमानी सदास्मरणीय रहने छ’, प्रधानमन्त्री ओलीले ट्विटरमा लेखेका छन् ।

स्वर्गीय आङरिता शेर्पा

सोलुखुम्बुको थमोमा जन्मिएका शेर्पाको सोमबार बिहान ७२ वर्षको उमेरमा काठमाडौंको जोरपाटीमा निधन भएको थियो । उनले विनाअक्सिजन १० पटकसम्म सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए ।

यही कारणले उनलाई ‘हिउँ चितुवा’ उपनाम दिइएको थियो । स्वर्गीय शेर्पा सु–प्रबल गोरखा दक्षिणबाहु पहिलोलगायत राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कारबाट विभूषित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित