बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

अमेरिकी राष्ट्रपति ट्रम्पलाई विषाक्त पत्र पठाउने एक महिला पक्राउ

दैनिक नेपाल २०७७ असोज ५ गते १४:१५

तस्वीर : एएफपी

अमेरिका, ५ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषाक्त (रिसिन नामक खतरनाक केमिकल) पत्र पठाएको आशङ्कामा एक महिलालाई पक्राउ गरिएको छ ।

त्यहाँको अनुसन्धान एजेन्सीका अनुसार विषाक्त पत्र पठाएको आशङ्का गरिएकी महिला क्यानडाबाट अमेरिका प्रवेश गर्न खोज्दै गर्दा पक्राउ परेकी हुन् ।

तर, ती महिला को हुन् भन्नेबारेमा अन्य जानकारी खुलाइएको छैन । ती सबै पत्र राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा पठाइएको टेक्सासमा गरिएको अनुसन्धानको क्रममा खुलेको छ ।

अमेरिकी कानून प्रवर्तन अधिकारीका अनुसार ती महिलाले बन्दुक बोकेकी थिइन् र उनलाई अमेरिकी अधिकारीहरुले पक्राउ गरेका हुन् । अमेरिकी अभियोजनकर्ताहरुले ती महिलामाथि आरोप लगाउने आशा गरिएको छ ।

कानून प्रवर्तन अधिकारीहरुका अनुसार गएको हप्ता ट्रम्पलाई पठाइएको रिसिनसहितको प्याकेजलाई रोक लगाइएको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले यसअघि भनेको थियो । त्यो पत्र क्यानडाबाट आएको सम्बन्धमा अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित