
मोरङ, ५ असोज । मोरङमा प्याजको कालोबजारी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–९ स्थित पसलहरूमा बजार मूल्यभन्दा बढी दर राखी प्याज विक्री गरी कालोबजारी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा विजय कुमार योगेस पसलका सञ्चालक ३८ वर्षीय सञ्जयकुमार गुप्ता र तनिसा ट्रेडर्सका सञ्चालक २९ वर्षीय मुकेश कुमार सहनी छन् ।
उनीहरूले सञ्चालन गरेका पसलहरूमा प्याजको कालोबजारी गर्दै आएको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद थप गरी कारबाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।















प्रतिक्रिया