३१ आश्विन २०८३, शनिबार

कात्तिक ७ गतेभित्रै विदेशी च्यानल विज्ञापनरहित बनाउन निर्देशन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । आगामी कात्तिक ७ गतेभित्र नेपालमा प्रशारण गरिरहेका विदेशी टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित (क्लिन फिड) बनाउन संसदको विकास तथा प्रविधि समितिले सरकारलाई कडा निर्देशन दिएको छ ।

सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलगायत पदाधिकारीसँगको छलफलमा समितिले डाउनलिंक अनुमति लिएर नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित बनाउन निर्देशन दिएको हो ।

नेपालमा विज्ञापन ऐन २०७६ को कार्यान्वयन २०७७ कात्तिक ८ गतेदेखि सुरु हुँदै छ । त्यसैले समितिले उक्त मिति भन्दा एक दिनअघि नै नेपालमा क्लिन फिड सुरु गर्न निर्देशन दिएको हो ।

समितिले नेपालबाट विदेशी टेलिभिजन च्यानलमा विज्ञापन प्रशारण गर्ने नीति (फिड इन) नलिन पनि सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ ।

विदेशी च्यानलहरुमा क्लिन फिड लाग गर्नुपर्ने बहस लामो समयदेखि चलिरहेको भए पनि सरकारले अहिलेसम्म त्यसलाई व्यवस्थित गर्न सकिरहेको छैन । अब भने ऐन बनिसकेको अवस्थामा कार्यान्वयनको अपेक्षा गर्न सकिन्छ ।