शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

२१ वर्षीय छोराले गरे आफ्नै बुबाको हत्या

दैनिक नेपाल २०७७ असोज ५ गते १३:२५

सांकेतिक तस्वीर

तनहुँ, ५ असोज । तनहुँमा २१ वर्षका छोराले ४१ वर्षीय आफ्नै बुबाको हत्या गरेका छन् ।

आफ्नै बुबा राजकुमार गुरुङको हत्या गरेको अभियोगमा आबुखैरेनी गाउँपालिका–४ खस्राङ्का वीरमान गुरुङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

वीरमानले गत भदौ ३१ गते आफ्नै बुबालाई घरमा कर्तब्य गरी मारेर आफ्नो जातीय रीतिरिवाज अनुसार चिहानमा खाडल खनी पुरी दाहसंस्कार समेत गरेका थिए ।

वीरमानलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत तनहुँबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उक्त जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित