
काठमाडौं, ५ असोज । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयले पूर्व जानकारीविना बिजुली काटिए मन्त्रालयले हटलाइन ११५१ मा वा ९८५११०९८३५ मा २४ सै घण्टा फोन गर्न सकिने जानकारी दिएको छ ।
पछिल्लो समयमा विभिन्न मर्मत तथा प्राविधिक कारणले लाइन काटिरहेको स्पष्ट पार्दै मन्त्रालयले त्यसलाई लोडसेडिङ नभएको बताएको छ ।
सडक विस्तारका क्रममा आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म र ११ बजेदेखि अपराहृन १ बजेसम्म ललितपुरको पौडेल गाउँ, किटिनी, लेनिनथोक, भ्यू भृकुटी लगायत स्थानमा ११ केभी प्रसारण लाइन नजिकैका ७ वटा ट्रान्सर्फमरबाट वितरित विद्युत आपूर्ति बन्द हुने पूर्वसूचना नेपाल विद्युत प्राधिकरण लगनखेल वितरण केन्द्रले जारी गरेको थियो ।
‘त्यस सम्बन्धमा केही ग्राहकमा भ्रम पर्न गएको भन्दै त्यो लोडसेडिङ नभएको ऊर्जामन्त्री वर्षमान पुनका प्रेस संयोजक दयानिधि भट्टले फेसबुकमार्फत जानकारी दिएका छन् ।
उनले कतै पूर्वजानकारी बिना विद्युत सेवा नियमित नभएको अवस्थामा ऊर्जामन्त्री वर्षमान पुन अनन्तको सचिवालय वा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्न अनुरोध गरेको छ ।
https://www.facebook.com/dayanidhi.bhatta.7/posts/3464737356879650















प्रतिक्रिया