
काठमाडौं, २१ भदौ । थानकोटमा डिजेल बोकेको ट्यांकर दुर्घटनामा पर्दा ३ हजार लिटर तेल पोखिएको छ ।
थानकोटस्थित नेपाल आयल निगमको डिपो प्रवेश गर्ने मोडमा चिप्लिएर ट्यांकर खेतमा खसेको थियो । रक्सौलबाट डिजेल बोकेर काठमाडौं आएको सो ट्याङ्कर मूल सडकबाट खेतमा खसेको हो ।
२० हजार लिटर डिजेल बोकेको ना ७ ख ७३९ नम्बरको ट्याङ्करका चालक र सहचालक भने सकुसल रहेको बताइएको छ । पल्टिभएको ट्यांकर डोजरको सहायताले उठाइएको छ भने क्रेनको सहायताले खेतबाट सडकमा निकाल्ने प्रयास भइरहेको थानकोट प्रहरीले बताएको छ ।















प्रतिक्रिया