शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

कोरोनाविरूद्ध प्रभावकारी देखियो रसियन खोप ‘स्पुतनिक–५’

दैनिक नेपाल २०७७ भदौ २० गते १५:३८

मस्को, २० भदौ । रसियाले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोप ‘स्पुतनिक–५’ कोरोनाविरुद्ध प्रभावकारी देखिएको बताइएको छ ।

अमेरिकालगायत पश्चिमा मुलुकहरुले शंशय व्यक्त गरिरहेका बेला चर्चित मेडिकल जर्नल ‘द लानसेट’ले शुक्रबार यस्तो बताएको छ । रसियाले निर्माण गरेको कोभिड–१९ खोप ‘स्पुतनिक–५’ले प्रारम्भिक चरणका सबै सहभागीहरूमा एन्टीबडी विकसित गर्न सफल भएको नतिजा प्रकाशित गरेको हो ।

२ वटा परीक्षणको नतिजाले सबै सहभागीमाविना कुनै गम्भीर दुष्प्रभाव खोपले कोरोना भाइरसविरूद्ध शरीरमा शतप्रतिशत प्रतिरोधी क्षमताको विकाश गरेको जर्नलले दाबी गरेको छ ।

यसै वर्षको जुन–जुलाईमा ७६ जनामा खोप दिएर परीक्षण सुरू गरिएको थियो । रसियाले अगस्टमा भाइरसविरूद्धको यो खोपलाई घरेलु प्रयोगका लागि अनुमति दिएको थियो । यो खोप दुई मात्राको रहेको बताइएको छ ।

रसिया कोरोना विरूद्धको खोप तयार पारेर आम प्रयोगका लागि अनुमति दिने विश्वको पहिलो मुलुक हो ।

प्रतिक्रिया
सम्बन्धित