१ कार्तिक २०८३, शनिबार

वीरगन्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, २० भदौ । वीरगन्जमा थप १ जना व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

नारायणी कोभिड अस्पतालमा उपचाररत पर्सा मेनपुरका ७५ वर्षीय वृद्धको शुक्रबार राती साढे ११ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।

उनलाई गत भदौ ५ गते अस्पताल भर्ना गरिएको थियो । वृद्धमा निमोनिया साथै पुरानो टिबीको समस्या समेत रहेको अस्पतालले जनाएको छ ।