१ कार्तिक २०८३, शनिबार

पेस्तोलसहित ३ जना पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २० भदौ । नलकटुवा पेस्तोलसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

सिरहा प्रहरीले मिर्चैया नगरपालिका–५ बाह्रबिघामा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार २ युवकलाई हतियारसहित शुक्रबार राती पक्राउ गरेको हो ।

को ३५ प ४०१३ नम्बरको मोटरसाइकलमा सवार मिर्चैया नगरपालिका–६ का १९ वर्षीय अजय शर्मा र मिर्चैया ५ बस्ने १९ वर्षकै ज्ञानुकुमार मण्डलको साथबाट एक थान नलकटुवा पेस्तोल बरामद भएको प्रहरीले बताएको छ ।

पक्राउ परेकासँग सोधपुछ गर्दा मिर्चैया–५ का किराना व्यवसायी ३९ वर्षीय रमेश साहलाई पनि पक्राउ गरिएको छ ।