१ कार्तिक २०८३, शनिबार

रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २० भदौ । सिरहामा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् ।

सिरहा–चौहर्वा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका–५ मा बिग्रिएर रोकिराखेको ज १ त ४३२९ नम्बरको ट्याक्टरमा शुक्रबार राती सिरहातर्फ गइरहेको मोटरसाइकल ठोक्किएको हो ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकमा सवार तीनै जनालाई उपचारका लागि लहान पठाइए पनि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा नगरपालिका–५ बस्ने बिसनदेव महतोका १९ वर्षीय छोरा अमलेश महतो र रामवृक्ष सदाका २१ वर्षीय छोरा सुनिल सदा छन् भने मोटरसाइकलमै सवार सोही ठाउँका १९ वर्षीय मिथिलेश सदा गम्भीर घाइते भएका छन् ।