१ कार्तिक २०८३, शनिबार

तत्काल मन्त्रिपरिषद् हेरफेर नहुने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिमण्डल हेरफेर नगर्ने बताएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् तत्काल हेरफेर नहुने भन्दै ढुक्क भएर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । मन्त्री पद जान्छ कि भनेर भन्दा आफ्नो मन्त्रालयको कामको बारेमा चिन्ता गर्न सुझाव दिँदै प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिपरिषद् हेरफेर नगर्ने आश्वासन दिएका हुन् ।

बाहिर विभिन्न हल्ला र प्रचारबाजी भइरहेको बताउँदै उनले बाहिरी हल्लाको पछि नलागी मन्त्रालयको काममा सशक्त भूमिका निर्वाह गर्न निर्देशन दिएका हुन् ।

रिक्त मन्त्रालयमा भने मन्त्री नियुक्त गरिने उनको भनाइ छ ।

बैठकमा नेकपाको बिहीबारको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने जानकारी गराएका थिए ।

तर, मन्त्रिपरिषद्ले गौतमलाई राष्ट्रियसभाका लागि सिफारिस गर्ने विषय भने बैठकमा छलफल गरिएको छैन ।