
काठमाडौं, १८ भदौ । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरी नगरपालिका–३ बस्ने सोरु गाउँपालिका–१०, मुगुका २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र खत्याड गाउँपालिका–१०, मुगुका २३ वर्षीय रतनबहादुर शाही छन् । ती किशोरीलाई २ जनाले मंगलबार जबरजस्ती करणी गरी उनीहरु फरार भएका थिए ।
यसैबीच १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धरान उपमहानगरपालिका–८ का सुवास भन्ने ३६ वर्षीय भोजकुमार लिम्बुलाई पनि प्रहरीले पक्राउ गरेको छ । लिम्बुले ती बालिकालाई आइतबार जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।















प्रतिक्रिया