
काठमाडौँ, १७ भदौ । कोभिड–१९ को कारण देशको समग्र अर्थ व्यवस्थामा नराम्रो प्रभाव पारेको र यसबाट विशेष गरी यातयात क्षेत्र, पर्यटन तथा होटल व्यवसाय सबै भन्दा बढी प्रभावित भएको हुँदा कामना सेवा विकास बैक लिमिटेडले यस क्षेत्र अन्तर्गत व्यवसाय विस्तारको लागि कर्जा लिइ कारोबार गर्दै आएका ग्राहक महानुभावहरुलाई विशेष राहत र सहुलियत दिने उद्देश्यका साथ ब्याजमा भारी छुट दिने योजना ल्याएको छ ।
उक्त योजनाअन्तर्गत यस्तो कर्जा लिएका ग्राहक महानुभावहरुले २०७७ साल आषाढ मसान्त सम्मको बक्यौता रकम २०७७ सालश्रावण मसान्तसम्म भुक्तानी गरेका ग्राहकहरुलाई श्रावण महिनाको ब्याज रकममा ५० प्रतिशत तथा होटल रेष्टुरेन्ट व्यवसाय अन्तर्गत ग्राहकहरुलाई श्रावण महिनाको व्याजमा ७० प्रतिशतसम्म व्याज रकममा छुट दिइसकेको जानकारी गराएको छ ।
उक्त समय सीमाभित्र आफ्नो बक्यौता रकम भुक्तान गर्न नसकेका ऋणीहरुलाई समेत यो योजनामा सहभागी गराउने उद्देश्य राखी त्यस्ता बाँकी ग्राहक महानुभावहरुले समेत श्रावण महिनाको तिर्नुपर्ने रकम चुक्त भुक्तान गरेमा समेत यो योजनाको लाभ उठाई श्रावण महिनाको ब्याज रकममा ५० देखि ७० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
साथै व्यवसायिक प्रयोजनको लागि हायर पर्चेज कर्जा लिएका ग्राहकहरुले हालसम्मको सम्पूर्ण बक्यौता रकम भुक्तान गरेमा यस त्रयमासको ब्याजदरमा भारी छुट प्रदान गरी ब्याजदर ९.९९% कायम गरिने योजना ल्याएको समेत बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।
यो योजनाबाट कोभिड– १९ बाट प्रभावित व्यवसायी महानुभावहरुले अधिकतम लाभ लिई व्यवसाय सञ्चालनमा थप सहजता मिल्ने समेत बैंकले विश्वास लिएको छ ।
काठमाण्डौँ – ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटीएममार्पmत ग्राहकहरुलाई आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । बैंकले एबीएस, एसएमएस बैंकिंग, मोबाइल बैंकिंग, सी एएसबीए, अनलाई एकाउन्ट ओपनिंग, इन्टरनेट बैंकिंगलगायतका माध्यमबाट सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।















प्रतिक्रिया