६ कार्तिक २०८३, शुक्रबार

सहयोगी हातद्वारा बेवारिसे महिलालाई सहयोग तथा उद्धार

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक, १६ भदौ । समाजिक संस्था सहयोगी हात नेपालले झापा दमक र लखनपुरमा बेवारिसे अवस्थामा रहेकी एक महिलालाई उद्धार गरेको छ ।

संस्थाले सोमबार ति महिलालाई सहयोग गर्दै उद्धार गरी मानव सेवा आश्रम विराटनगर पुर्याएको हो ।

उक्त महिलाको उद्धार कार्यमा दमक नगरपालिकाकी उपप्रमुख गिता अधिकारी तथा संस्थाका केन्द्रीय अध्यक्ष छवि बास्कोटा, वरिष्ठ उपाध्यक्ष रमा लिम्बु, सचिव रमेश अधिकारी तथा हामीलाई पीडितको बारेमा सुचना प्रवाह गर्ने स्थानीय सगुन युवा क्लबका अध्यक्ष देबि आन्देम्बे कमल ६ का समाजसेवी व्यक्तित्व तृलोचन अधिकारीलगायत थिए ।

त्यस्तै, यातायातको लागि लखनपुर रेडक्रसका सभापति चन्द्र शाहले पहल गरेका थिए ।

ति महिलाको सहयोगमा साथ दिने कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटी तथा कमल गापा वडा न ५ का वडा अध्यक्ष डम्बर निरौला र संस्थाको अनुरोधलाई स्विकारेर मानव सेवा आश्रम विराटनगर (प्रदेश नं. १) का संयोजक नवराज केसीलगायत आश्रमका सेवकहरु गंगा थापा मगर, पार्वती तिवारी, रिया विश्वकर्मालगायत यातायात चालक प्रकाश थापा समेत रहेका छन् ।

संस्थाका अध्यक्ष बास्कोटाले सम्पूर्ण सहयोगी हातहरुप्रति हार्दिक आभार व्यक्त गरेका छन् । साथै, उनले कुनै पनि आमाबाले सडकमा आस्रित हुनु नपरोस् भन्दै आगामी दिनमा पनि सहयोगी हात नेपाल निरन्तर मानव सेवामा समर्पित रहने जनाएका छन् ।