६ कार्तिक २०८३, शुक्रबार

बुटवलमा ३१ सहित रुपन्देहीमा थपिए ७३ कोरोना संक्रमित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ भदौ । रुपन्देहीमा गत २४ घण्टामा थप ७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबार थपिएका संक्रमितमध्ये ४३ जना पुरुष र ३० जना महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

थपिएका संक्रमितहरुमध्ये बु्टवल उपमहानगरपालिकाका ३१, तिलोत्तमा नगरपालिकाका २०, सिद्धार्थनगरका ५, देवदहका १, रोहीणी गाउँपालिकाका १५ र सियारीका १ जना रहेका छन् ।

यससँगै संक्रमितको संख्या १ हजार ७४ जना पुगेको छ भने ४ सय ३५ जना निको भएका छन् ।

जिल्लामा कोरोनाका कारण हालसम्म १० जनाको मृत्यु भएको छ ।