६ कार्तिक २०८३, शुक्रबार

थप ७६८ जना कोरोनामुक्त, ५५ प्रतिशत संक्रमित निको

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ भदौ । नेपालमा थप ७ सय ६८ जनाले कोरोना जितेका छन् ।

मंगलबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ७ सय ६८ जना संक्रमणमुक्त भएको जानकारी दिए ।

यससँगै उपचारपछि निको हुनेको संख्या २२ हजार १ सय ७८ जना पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १ हजार ६९ जनामा संक्रमण देखिएको छ । त्यस्तै, हालसम्म कोरोनाका कारण २ सय ३९ जनाको मुत्यु भएको छ ।