६ कार्तिक २०८३, शुक्रबार

मंगलबार थप १ हजार ६९ जनामा कोरोना पुष्टि, थप ११ को मृत्यु

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ भदौ । नेपालमा थप १ हजार २ सय २१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या ४० हजार ५ सय २९ जना पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ७ सय ६८ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या २२ हजार १ सय ७८ जना पुगेको छ ।

हाल देशभर १८ हजार १ सय १२ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १२ हजार ८८ जनाको पीसीआर परीक्षण भएको थियो ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या २ सय ३९ जना पुगेको मन्त्रालयले जनाएको छ ।