
काठमाडौँ, १६ भदौ । काठमाडौँ उपत्यकामा थप ४ सय ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
उपत्यकामा यो संख्या हालसम्मकै उच्च हो ।
मंगलबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ३ सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० गरी उपत्यकामा ४ सय २९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
देशभर मंगलबार थप १ हजार ६९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया