६ कार्तिक २०८३, शुक्रबार

पर्साका थप २ र बाराका एक कोरोना संक्रमितको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ भदौ । पर्सामा थप २ जना र बाराका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्थाई कोरोना विशेष अस्पतालमा वीरगञ्ज महानगरपालिका २० का ५३ वर्षीय पुरुषको सोमबार राती मृत्यु भएको हो ।

अस्पतालमा १७ दिनदेखि उपचाररत उनको गएराती पौने १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा मधुमेह, मिर्गाैला र उच्चस्तरको निमोनिया रहेको थियो ।

त्यस्तै, पहिचान नखुलेका अर्का एक पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ ।

६० वर्षीय ति पुरुषको पनि सोमबार राती मृत्यु भएको थियो । उनको भने मृत्युपछि कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । त्यसैगरी, बाराका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डक अस्पतालमा सञ्चालित नारायणी अस्थायी कोरोना अस्पतालमा ६ दिनदेखि आईसीयूमा उचाररत उनको मंगलबार विहान मृत्यु भएको हो ।