काठमाडौँ, १६ भदौ । रौतहटमा प्रहरीको यातनाले एक १९ वर्षीय विजय महराको मृत्यु भएको आरोपछि इन्स्पेक्टरसहित ३ जना निलम्बनमा परेका छन् ।
गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट उनीहरुलाई निलम्बन गरिएको हो ।
निलम्बनमा परेकामा इन्स्पेक्टर नवीनकुमार सिंह रहेका छन् । त्यस्तै, २ नम्बर प्रदेश प्रहरी कार्यालयले फिरोज मियाँ धुनिया र मुन्नाकुमार सिंहलाई निलम्बन गरेको हो ।
जिल्लाको गरुडा इलाका प्रहरी कार्यालायमा थुनुवाको मृत्यु प्रहरी यातनाले गर्दा नै भएको भन्दै पीडित पक्षले निरन्तर प्रदर्शन गर्दै आएका थिए ।
संलग्न प्रहरीले अनुसन्धानका क्रममा बलजफ्ती गरेको पाइएको र घटनाको अनुसन्धान भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।















प्रतिक्रिया