गाैर, १६ भदाै । रौतहट जिल्लामा जबरजस्ती करणी अभियोगमा गौरस्थित प्रहरी हिरासतमा रहेका एक थुनुवा फरार भएका छन् ।
साेमबार राति गौर नगरपालिका ४ का २२ वर्षीय रोहितकुमार यादव हिरासतबाट फरार भएका हुन् । उनी शाैचालयकाे झ्यालबाट भागेका हुन् ।
गाउँकै एक १७ वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले यादवलाई आइतबार पक्राउ गरेको थियो ।
उनलाई सोमबार म्याद थपेर कोरोनाको पीसीआर परीक्षणका लागि प्रहरीले टेलिकम नजिकको एक घरमा क्वारेन्टाइनका रुपमा राखेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया