
काठमाडौँ, १५ भदौ । सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफू राष्ट्रिय सभामा जान तयार भएको बताएका छन् ।
सचिवालय बैठकले गत फागुनमै उनलाई राष्ट्रिय सभामा लाने निर्णय गरेकोले जना तयार भएको उनले जनाएका छन् ।
यही भदौ २० गतेभित्र राष्ट्रिय सभामा रिक्त एक पदमा नियुक्ति गर्ने समय नजिकिँदै गदौ गौतमले यस्तो बताएका हुन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाले २ वर्षे राष्ट्रिय सभाको कार्यकाल सकिएकाले राजीनामा दिएका थिए । तर पुनः मन्त्री बने ।
संविधानको धारा ७८ को उपधारा १ बामेजिम खतिवडा गैर संसदको रुपमा मन्त्री बनेका थिए । तर अब अर्थमन्त्रीकै रुपमा निरन्तरता पाउन उनले भदौ २० गतेभित्र राष्ट्रिय सभा सदस्यमा नियुक्ति हुनुपर्छ ।
अब यस विषयमा भदौ १८ गते बस्ने सचिवालय बैठकले ठोस निर्णय गर्ने स्रोतले बताएको छ ।















प्रतिक्रिया