६ कार्तिक २०८३, शुक्रबार

गोरखाकी कोरोना संक्रमित महिलाको काठमाडौँमा मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ भदौ । गोरखाकी कोरोना संक्रमित ६५ वर्षीया महिलाको काठमाडौँमा मृत्यु भएको छ ।

काठमाडौँमा उपचाररत गोरखाको आरुघाट गाउँपालिका–४ की संक्रमित महिलाको शनिबार राती मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार विरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा भदौ १३ गते राति ११ बजेर ४८ मिनेटमा ती महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजु रमण न्यौपानेले बताए ।

भाद्र ४ गतेबाट छाउनीमा उपचाररत ती महिलामा भाद्र १३ गते कोरोना पुष्टि भएको थियो । ती महिलामा हाइपोथाइरोडिजम तथा मृगौलाको दीर्घ रोगी समेत रहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले सोमबार जारी गरेको प्रेस विज्ञेप्तीमा उल्लेख छ ।

भदौ १३ गते नै ती महिलाको निधन भएपनि सोमबार साँझ मात्र प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ती जारी गरी पुष्टि गरेको हो ।