६ कार्तिक २०८३, शुक्रबार

गोली प्रहारबाट भारतमा नेपालीको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

रौतहट, १५ भदौ । ईशनाथ नगरपालिका ७ सानो घ्युरा वस्ने ३२ वर्षीय दिन दयाल साहको गोली प्रहारबाट आइतबार राति मृत्यु भएको छ ।

अपरिचित व्यक्तिहरुले फोन गरी बोलाए पश्चात भारतको घोडासहन गएका उनलाई ती व्यक्तिहरुले गोली प्रहार गर्दा मृत्यु भएको बताइएको छ
। हाल साहको शव भारत घोडासैन प्रहरी थानामा रहेको छ ।

गोली प्रहार गर्ने व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।