६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँ महानगरपालिकाका मेयर शाक्यमा कोरोना पुष्टि

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, १५ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

परीक्षणका लागि २ दिन अघि स्वाब दिएका उनलाई सोमबार संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।

स्रोतका अनुसार उनकी पत्नीलाई स्वास्थ्यमा समस्या आएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । यद्यपि उनको श्रीमतीमा संक्रमण देखिएको छैन ।

कोरोनाका लक्षण नदेखिएका उनी होम आइसोलेसनमा बसेका छन् ।