शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

आइएमईले पुर्‍याउँदै छ घरमै रेमिटेन्सको सुविधा

दैनिक नेपाल २०७७ भदौ १५ गते ७:३०

काठमाडौं, १५ भदौ । आइएमईले नयाँ सुविधाअन्तर्गत स्वदेश वा विदेशबाट आएको रकम प्राप्त गर्नका लागि आइएमई पे वालेटको ‘रेमिटेन्स’ आइकन सेवा सुरु गरेको छ ।

पैसा पठाएको ठाउँको नाम, मनी ट्रान्सफर कन्ट्रोल नम्बर र आएको रकम सुनिश्चित गरी सम्बन्धित फिल्डमा स्पष्टसँग भर्नुपर्ने आइएमईले जनाएको छ ।

प्रकृयाअनुसार आफ्नो वालेट पीन दाखिला गरी रकमको अवस्था एकिन गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

आइएमईले आइएमई पे मोबाइल वालेट एपबाट नेपालभित्र रहेका नेपालीलाई आफ्नो घर, आफ्नै कोठाबाट नै रेमिटेन्सको रकम प्राप्त गर्ने सुविधा दिँदै आइरहेको छ ।

सो रकम यसरी आफ्नो मोबाइल वालेटमा रहँदासम्म उक्त रकमको ब्याज र रू. ५० सम्मको बोनस पनि प्राप्त हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित