
बारा, १४ भदौ । चोरी भएको मोटरसाइकलसहित बारामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
कलैया उपमहानगरपालिका ४ स्थित बिगन महतोको घरबाट चोरी भएको बा.७६ प १६९४ नम्बरको मोटरसाइकल सहित सिम्रौनगढ नगरपालिका ९ स्थित अडुवा खोलाको पुलबाट २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कलैया उपमहानगरपालिका ३ बस्ने १९ वर्षीय सरफराज मियाँ र स्थानीय २२ वर्षीय जफिर आलम रहेका छन् ।
बारा देवताल गाउँपालिका ३ बस्ने राजु कुमार कुशवाहाको उक्त मोटरसाइकल र मोबाइल समेत चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरीले उनीहरुले चोरी गरेको मालसामान तथा ४ थान मोबाइल लिई सोही मोटरसाइकलमा भागिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनीहरु उपर चोरी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।















प्रतिक्रिया