
काठमाडौँ, १४ भदौ । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका २८ जना उपसचिवको शुक्रबार सरुवा गरेको छ ।
सरुवा गरिएका उपसचिवहरूमा जीवनप्रकाश मोहत्रा, गोकुल बास्तोला, युवराज आचार्य, प्रेमचन्द्र भुषाल, हेमराज पौडेल, जगतप्रसाद भट्ट र काशिनाथ भट्टराई रहेका छन् ।
यसैगरी भवराज जोशी, भुवनप्रसाद काफ्ले, ज्ञानेन्द्रराज ओझा, वासुदेव खनाल, केदारप्रसाद अर्याल, सुकदेवप्रसा बाँस्कोटा, नारायणप्रसाद उपाध्याय र श्यामकृष्ण थापाको पनि सरुवा भएको छ ।
यस्तै रविन कोइराला, मुरारी निरौला, रेशमकुमार खत्री, नवराज घिमिरे, केशवराज सुवेदी, मणिभद्र न्यौपाने, खडानन्द अधिकारी र शिवराम भट्टराईको पनि सरुवा भएको छ ।
कार्यालयका अनुसार रामप्रसाद बिडारी, शिवहरि कोइराला र रामकृष्ण पुडासैनीको पनि सरुवा भएको छ । कमल सापकोटा र रामबाबु पुरीको काज सरुवा भएको छ ।
सापकोटाको कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपरासी पश्चिम र पुरीको कोष तथा लेखा नियन्त्रक कार्यालय पाँचथरमा सरुवा भएको छ ।
<iframe src=”https://drive.google.com/file/d/1oWerQzK1dRvkgEBuvsFyVWYSROW1hJUW/preview” width=”640″ height=”480″></iframe>















प्रतिक्रिया