६ कार्तिक २०८३, शुक्रबार

एसईईमा कम नम्बर दिएको भन्दै विद्यार्थीद्वारा प्रअ र शिक्षकमाथि कुटपिट

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, १४ भदौ । सिन्धुलीमा एसईई रिजल्टमा कम नम्बर दिएको भन्दै विद्यार्थीहरुले प्रधानाध्यापक र शिक्षकमाथि कुटपिट गरेका छन् ।

सिन्धुलीको सुनकोसी गाउँपालिका–७ मझुवामा रहेको गणेश माविका विद्यार्थीहरुले एसईईमा नम्बर कम दिएकाले रिजल्ट नराम्रो आएको भन्दै आइतबार प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई कुटपिट गरेका हुन् ।

शिक्षकले नम्बर कम दिएका कारण माथिल्लो शिक्षा लिन बञ्चित हुने भन्दै एक्कासि प्रधानाध्यापक सुनुवार र शिक्षक भण्डारीलाई विद्यार्थीले कुटेको शिक्षक झलक दाहालले बताए ।

तीनजना छात्रहरुले सरासर कार्यालय कोठामा आएर पहिला हेडसरलाई मुखमा हिर्काएको र अर्का शिक्षकलाई लछारपछार पारि कुटपिट गएको उनको भनाइ छ । विद्यार्थीहरुको कुटपिटबाट प्रधानाध्यापक सुनुवारको मुखमा गम्भीर चोट लागेको छ ।

मुक्का प्रहार गरेकाले प्रधानाध्पाक सुनुवारको नाथ्री फुटेर रगत बगेको र ओठसमेत काटेको छ भने अर्का शिक्षक भण्डारीको जिउमा निलडाम छ । रिजल्ट सी आएपनि विज्ञान विषयबाहेक अन्य पढ्न पाइने भन्दाभन्दै कुरै नसुनी कुटपिट गरेको शिक्षकहरुको भनाइ छ ।

दुवैजनाको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको छ । विद्यालयमा ६० जना एसईई दिएका विद्यार्थीमध्ये ९ जनाको सी आएको र कुटपिट गर्ने पनि तिनैमध्येका रहेका जनाइएको छ ।