६ कार्तिक २०८३, शुक्रबार

कालिकोटमा पहिरो जाँदा एकको मृत्यु, ७ बेपत्ता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

कालिकोट, १४ भदौ । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरोले पाँच घर पुरिँदा १ जनाको मृत्यु भएको छ ।

आज बिहान गएको पहिरोमा परी पुरिएको अवस्थामा एक जनाको शव फेला परेको छ भने दुई जना घाइतेको उद्धार गरिएको छ ।

पहिरोमा परी पाँच वर्षीय बालक निराजन शाहीको मृत्यु भएको हो । कालिकोट र जुम्लाको सीमानामा रहेको नाग्म बजारमा ३० मिटरमाथिबाट खसेको पहिरोबाट पाँच घर पुरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरोमा सात जनाभन्दा बढी स्थानीय वेपत्ता छन । पहिरोले पुरिएका घरहरुमा वेपत्ताहरुको खोजी गर्न प्रहरी चौकी नाग्मका प्रहरी र स्थानीयले खटिएको डिएसपी ओलियाको भनाइ छ ।

टेलिफोनको सुविधा नभएको नाग्म बजारमा पहिरोबाट भएको क्षतिको एकिन विवरण आउन बाँकी छ । पहिरोमा परी घाइते दुई जनालाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ । –रासस