६ कार्तिक २०८३, शुक्रबार

पीसीआर परीक्षणका लागि भनसुन नगर्नुस् : स्वास्थ्य मन्त्रालय

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पीसीआर परीक्षणका लागि भनसुन नगर्न आग्रह गरेको छ ।

जोखिम र सङ्क्रमणको सम्भावना भएका व्यक्तिलाई मात्र परीक्षण गरी चाँडै सङ्क्रमित पत्ता लगाई रोकथाम गर्नका लागि पीसीआर परीक्षण गरिने भएकाले अन्यले परीक्षणका लागि भनसुन नगर्न मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आग्रह गरे ।

‘भएका स्रोत साधनको समुचित प्रयोग गर्नु हामी सबैको कर्तव्य हो, कोभिड–१९ को परीक्षण गर्ने उपकरण र रिएजेन्ट नेपालमा बन्दैन’ उनले भने ’त्यसैले धेरै नै धनराशि विदेशिने गर्दछ भन्नेले सबैले बुझ्नुपर्ने र आवश्यकताका आधारमा मात्र परीक्षण गर्नुपर्दछ ।’

कोभिड–१९ का सामग्री विश्वभरि नै माग भइरहेको अवस्थामा अभाव हुनसक्ने भएकाले शङ्कास्पद र जोखिमका मानिसले मात्र परीक्षण गर्न उनले आग्रह गरे ।

शङ्कास्पद बिरामी, कन्याट्याक्ट ट्रेसिङमा परेका मानिस, निश्चित समुदायमा नमूना परीक्षणका लागि तोकिएका व्यक्तिलाई निःशुल्क परीक्षण सरकारले गर्दै आइरहेको छ।

पीसीआर परीक्षण आफूखुशी गर्न चाहनेले सःशुल्क गर्ने व्यवस्था सरकारले मिलाएको छ। पीसीआर परीक्षणका लागि मन्त्रालयले तोकेका प्रयोगशाला र अस्तपालले रु पाँच हजार ५०० शुल्क लिएर गर्ने गर्दछन् ।

मन्त्रालयले पीसीआर परीक्षणका लागि आवश्यक सामग्री महङ्गो र अभाव भएकाले अनावश्यकरूपमा धेरै परीक्षण नगर्नरनगराउन उहाँले सबैलाई अनुरोध गरे। नेपालमा हालसम्म छ लाख ६९ हजार ६२६ जनाको पीसीआर परीक्षण गर्दा ३७ हजार ३४० जनामा सङ्क्रमण देखिएको छ । –रासस