६ कार्तिक २०८३, शुक्रबार

शनिबार कहाँ कहाँ कति थपिए कोरोना संक्रमित ?

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ भदौ । नेपालमा शनिबार गत २४ घण्टामा थप ८ सय ८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै कोरोना संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जनाएका छन् ।

थपिएकामध्ये २ सय ४२ महिला र ६ सय ४२ पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १, झापामा २०, धनकुटामा १९, मोरङमा ३१, संखुवासभामा ३ र सुनसरीमा २४ जनामा कोरोना भेटिएको छ ।

प्रदेश २ को धनुषाका ४९, पर्साका ७३, बाराका २१, महोत्तरीका २६, रौतहटका ५, सप्तरीका २, सर्लाहीका ८३ र सिरहाका २२ जनामा कोरोना पुष्टि भएको छ ।

बागमती प्रदेशको काठमाडौँका १ सय ५५, काभ्रेका १९, चितवनका ५७, दोलखाका १, धादिङका ९, भक्तपुरका १२, ललितपुरका १९, मकवानपुरका ९ र सिन्धुपाल्चोकका १ जनामा कोरोना पाइएको मन्त्रालले जनाएको छ ।

गत २४ घण्टामा गण्डकी प्रदेशमा गरिएको परीक्षणमा कास्कीका ३, नवलपरासी पूर्वका २३ र लमजुङका २९ जनामा कोरोना भेटिएको छ ।

प्रदेश ५ को कपिलवस्तुमा २, गुल्मीमा १, दाङमा १९, नलवपरासीमा १०, बाँकेमा २० र रुपन्देहीमा १६ जनामा कोरोना भटिएको प्रवक्ता गौतमले जानकारी दिए ।

यस्तै, मन्त्रालयले कर्णाली प्रदेशको जाजरकोट, जुम्ला, दैलेख र रुकुम पश्चिममा १÷१ र सुर्खेतमा १०, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १७, कैलालीमा १९, दार्चुलामा ३, बझाङमा २६ र बतैडीमा २१ जनामा कोराना भेटिएको जनाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ७८ जना रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ३ सय १३ जना कोरोनामुक्त भएका छन् ।