६ कार्तिक २०८३, शुक्रबार

कोटेश्वरमा १९ जना ट्राफिक प्रहरीमा कोरोना पुष्टि

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ भदौ । कोटेश्वरका १९ जना ट्राफिक प्रहरीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

कोटेश्वर ट्राफि प्रहरी प्रभागमा कार्यरत २ जनालाई ज्वरो आएपछि परीक्षण गरिएको थियो ।

उनीहरुमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा अन्य ३३ जनाको स्वाब परीक्षण गर्दा थप १७ जनामा संक्रमण देखिएको हो । यससँगै प्रभागका १९ जना ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएको हो । हालसम्म उपत्यकामा १ सय १० जना ट्राफिक प्रहरी संक्रमित भइसकेका छन् ।