
काठमाडौँ, १३ भदौ । दार्चुलामा पसलको विषयमा विवाद हुँदा धारिलो हतियार प्रयोग गरेर एक जनाको हत्या भएको छ ।
शैल्यशिखर नगरपालिका वडा नम्बर २ तिम्लाबगरमा पसल चलाइरहेका ४४ वर्षीय गोविन्द भट्टले वडा नम्बर १ बलाचका ४८ वर्षीय शेर बहादुर चन्दलाई दाउले घाँटीमा हानेपछि उनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार शुक्रबार दिउँसो १२ बजे पसलको विषयमा विवाद भएपछि बाख्रा काट्ने हतियारले घाँटीमा हान्दा उनको मृत्यु भएको हो ।
उनीहरु दुवै जना मादक पदार्थ सेवन गरेका र उनीहरुबीच विवाद भएर घटना घटेको प्रहरीले बताएका छन् ।
चन्दलाई हतियारले हानेपछि घाइते भएका थिए । उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
भट्टलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया