६ कार्तिक २०८३, शुक्रबार

आइएमई जनरल इन्स्योेरेन्सले अभिकर्तालाई भर्चुअल ट्रेनिङ आयोजना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १२ भदौ । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडले आफ्ना अभिकर्ताहरुलाई भर्चुअल ट्रेनिङ आयोजना गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभड-१९) को असर र काठमाण्डौँ उपत्यका लगायत देशको मुख्य मुख्य शहरहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको यस विषम परिस्थितिमा भर्चुअल ट्रेनिङ आयोजना गरेको नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले जनाएका छन् ।

कम्पनीले मिति २०७७ साल भाद्र १० गते देखि १२ गतेसम्म निर्जिवन बीमाको विविध क्षेत्रलाई समेटेर अभिकर्ताहरुलाई प्रशिक्षण प्रदान गरेको छ ।

कम्पनीका विभागीय प्रमुखहरु देखि उच्च पदस्थ पदाधिकारीहरुले समेत प्रशिक्षण प्रदान गराएका थिए । उक्त प्रशिक्षण कार्यक्रममा ५५ जना भन्दा बढि व्यक्तिहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

यस प्रशिक्षण पश्चात अभिकर्ताहरुले बजारबाट बीमाको बजारीकरण गरेर आफनो आम्दानीको श्रोत बढाउन सक्ने र आफूलाई फ्रिल्यान्सर रोजगारीको रुपमा स्थापित गरी आय आर्जन गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।