
काठमाडौँ, १२ भदौ । बुटवल उपमहानगरपालिकामा शुक्रबार थप २४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
बुटवलमा २० दिन यता कुल संक्रमितको संख्या २ सय ५८ जना पुगेको छ । जसमा ५१ जना निको भएका छन् भने अन्य उपचाररत रहेका छन् ।
शुक्रबार थपिएका संक्रमितहरुमा वडा नं. ९ का ८ जना, वडा नं. १२ का ४, वडा नं. १३ का २, तथा वडा नं. ३, ५, ६, ८ का एक एक जना रहेका छन् । त्यस्तै, अन्य क्षेत्रका ६ जनामा संक्रमण देखिएको हो ।
वडा नं. ७ र १८ मा भने संक्रमित शून्य छन् ।
सक्रिय संक्रमितमध्ये १ सय ६९ जना होम आइसोलेसन र ४७ जना अस्पताल तथा आइसोलेसनमा रहेका उमहानगरपालिकाले जनाएको छ ।















प्रतिक्रिया