६ कार्तिक २०८३, शुक्रबार

७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । हालसम्म देशभर ७१ जना पत्रकारमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघले सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशमा पत्रकारहरु संक्रमित भएको जनाएको छ । महासंघका अनुसार मोरङका १२ र उदयपुरका १ गरी प्रदेश १ मा १३ जना पत्रकारमा कोरोना देखिएको छ ।

त्यस्तै, प्रदेश २ मा २७ जना पत्रकार संक्रमित भएका छन् । जसमा पर्साका १३, बाराका ४, धनुषाका २, सप्तरीका ३, सर्लाहीका ३, महोत्तरीका १ र रौतहटका १ जना रहेका छन् ।

काठमाडौँका ९ जना र ललितपुरका २ जना गरी बागमतीमा प्रदेशमा ११ जना पत्रकार संक्रमित भएका छन् ।

गण्डकी प्रदेशमा ८ जना पत्रकारमा संक्रमण देखिएको छ । संक्रमितमध्ये नवलपुरका ७ र कास्कीका १ जना रहेका छन् ।

प्रदेश ५ मा बाँकेका २, बर्दियाका १, कपिलवस्तुका ६ र रुपन्देहीका २ गरी ११ जना संक्रमित भएका छन् । कर्णालीकी दैलेख जिल्लामा १ जना पत्रकार संक्रमित भएका छन् ।

महासंघले विज्ञप्तिमार्फत बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै संक्रमित सबै पत्रकारहरुको उपचारको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

त्यस्तै, पत्रकारहरुलाई स्वास्थ्य सुरक्षालाई उच्च प्राथामिकतामा राखेर काम गर्न पनि अपील गरेको छ ।