६ कार्तिक २०८३, शुक्रबार

लुकाएर राखेको ५ नाल भरुवा बन्दुकसहित २ जना पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

बाजुरा, १२ भदौ । बडिमालिका नगरपालिका ७ रजातोली तल्लो पलानमा लुकाएर राखेको ५ थान भरुवा बन्दुकसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही स्थान बस्ने ५५ वर्षीय धन बहादुर विक र ३५ वर्षीय सौरे लुहार रहेका छन् । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको घर छेउमा लुकाई राखेको अवस्थामा लोड गरेको उक्त बन्दुक फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।