६ कार्तिक २०८३, शुक्रबार

शुक्रबार कहाँ कति थपिए कोरोना संक्रमित ?

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ भदौ । नेपालमा शुक्रबार थप ९ सय २७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप ९ सय २७ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै संक्रमितको संख्या ३६ हजार ४ सय ५६ जना पुगेको छ ।

हालसम्म १ सय ९५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १६९ जना डिस्चार्ज भएका छन् । त्यस्तै, २० हजार २ सय २४ जना संक्रमणमुक्त भएका छन् ।

शुक्रबार थपिएका संक्रमितहरुमा काठमाडौँ उपत्यकामा ४ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौँ जिल्लामा मात्र ३ सय ५० जना छन् भने भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, रुपन्देहीका ७२ जना, मकवानपुरका ५१, मोरङका ४७, सुनसरीका ४१, बाँकेका ३६, चितवनका २६, रौतहटका २१, धनुषाका २०, काभ्रेका १७, धादिङ र कास्कीका १६/१६ जना, झापाका १५, महोत्तरी र सर्लाहीका १३/१३ जना, सिराहाका १२ र नवलपुर, दैलेख र कैलालीका ११/११ जनामा कोरोना संक्रमण देखिएको छ ।

डोटीका ९ जना, सप्तरीका ७, जुम्लाका ६, बारा र तनहुँका ४/४ जना, नुवाकोट र सल्यानका ३/३ जना, संखुवासभा, पाँचथर, सिन्धुली, सिन्धुपाल्चोक, लमजुङ, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी र बर्दियाका २/२ जना तथा इलाम, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, पर्सा, रसुवा, गोरखा, बाग्लुङ, दाङ, कञ्चनपुरका १/१ जनामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले वजाएको छ ।